"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राजावादीको बैठकमा लिङ्देन नगएपछि होहल्ला, आन्दोलन घोषणा नगरी बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको समीक्षा बैठक अनुपस्थित भएका छन्। लिङ्देन बैठकमा उपस्थित नभएपछि कार्यकर्ताहरूले लफडा निकालेका छन्।

लिङ्देन राप्रपाको कार्यालय धुम्बाराहीमा आयोजित समीक्षा बैठक छाडेर संसद् गएका हुन्।

बैठक सुरु भएपछि लिङ्देनले आफू व्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए। तर, कार्यकर्ताहरूले भने उनको खोजी गरे। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार लिङ्देन संसद्‍मा छन्। कार्यकर्ताहरू ‘संसद् चाहिने भए यो आनदोलन किन ?”भनेर आक्रोशित बनेका थिए।

कमल थापा बोल्न खोज्दा होहल्ला भएपछि जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले माइक हातमा लिएर बैठक स्थगित भएको घोषणा गरे । उनले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताए ।

आजको बैठकमा समीक्षासहित थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भनिएको थियो तर, लिङ्देन अनुपस्थित भएपछि थप कार्यक्रमको घोषणा गरिएन।

२०८२ जेठ २१ गते बुधवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु