हटेन सदनको गतिरोध, बिहीबार १ बजे बस्ने गरी स्थगित
काठमाडौँ । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ ।
बुधबार दिउँसो ३स् १५ बजेका लागि बैठक बोलाइएपनि विशेष कारण देखाउँदै भोलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।
बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।
प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।
२०८२ जेठ २१ गते बुधवार १७:०८ बजे प्रकाशित






















