एमालेमाथि भइरहेको हमला ओलीजीले यताउता बोल्दिनाले भएको होइन: ईश्वर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमाथि भएकाचौतर्फी हमला पार्टी अध्यक्ष केपी शर्मा ओलीको बोली र अभिव्यक्तिका कारण नभएको बताएका छन् ।
शनिबार ओखलढुङ्गा लिखु(काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले छिमेकीसँग ‘घुँडा टेक्ने’ नभई ‘आँखामा आँखा जुधाएर’ राष्ट्रिय हितमा कुरा गर्ने नीतिका कारण विरोधीहरू बढेको जिकिर गरे।
‘कोही(कोहीले ओलीजीले यताउता बोल्दिनुहुन्छ, कटाक्ष गर्नुहुन्छ, त्यसैले विरोधी बढे भन्छन्,’ उनले भने, ‘म पूरा जिम्मेवारीका साथ भन्न सक्छु, कारण त्यो होइन। एमाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले नेपाललाई कमजोर बनाउन चाहने शक्तिहरूले हमला गरिरहेका छन्।’
पोखरेलले राजतन्त्र पुनर्स्थापनाको बहसलाई खारेज गर्दै एमाले तीनवटा विषयमा कहिल्यै सम्झौता नगर्ने अडान स्पष्ट पारे। पोखरेलले राजतन्त्रकालीन अवस्था र गणतन्त्रपछिको विकासको तुलना गर्न आग्रह गर्दै राजतन्त्रको वकालत गर्नु तथ्यहीन भएको बताए।
२०८२ जेठ २४ गते शनिवार १७:२० बजे प्रकाशित




















