काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्टाचार गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारसमेत ७ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो।
परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो।
परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।
२०८२ जेठ २८ गते बुधवार १७:०३ बजे प्रकाशित























