"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली (भदौ ३१ ) सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली  (भदौ ३१ ) सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख(असाेज १ )मा स्वदेश फर्कनेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट निम्ता आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

२०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओली यसअघि नै भारत भ्रमणमा जान चाहे पनि भारतले निमन्त्रणा गर्न ढिलाइ गर्दा भ्रमण हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा प्रधानमन्त्री बनेका ओलीले प्रधानमन्त्री बने लगत्तै भारत भ्रमण हुनसक्ने बताएका थिए ।

२०८२ साउन ४ गते आइतवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु