सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल टोखाबाट पक्राउ
काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल टोखाबाट पक्राउ परेका छन् ।
२२ करोड ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले पुष्टि गरे ।
अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।
२०८२ साउन ५ गते सोमवार १७:०८ बजे प्रकाशित























