"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

८३ साल मंसिरमा नेपाल विकासशील राष्ट्र बन्दैछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ८३ साल मंसिरसम्ममा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने दाबी गरेका छन्।

बागमती प्रदेशलाई पूर्णखोपयुक्त घोषणा गर्ने कार्यक्रममा बोल्दै उनले भने ‘अर्को वर्ष हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौं,’ ओलीले भने, ‘सन् २०२६ को नोभेम्बरमा, अर्थात् ८३ साल मंसिरमा हुने हाम्रो स्तरोन्नतिलाई यस अभियानले ठूलो मद्दत पुर्‍याएको छ।’

प्रधानमन्त्री ओलीले पूर्णखोप अभियानको सफलताले मानव विकास सूचकांक, मानवीय स्वास्थ्य सुरक्षा, स्वास्थ्य उपचारको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवा जस्ता मापदण्ड पूरा गर्न सघाएको बताए। उनले यस्ता सफलताहरूले नै दिगो विकास लक्ष्य हासिल गर्न र देशलाई अन्तर्राष्ट्रिय मञ्चमा माथि उठाउन योगदान पुग्ने धारणा राखे।

२०८२ साउन १६ गते शुक्रवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु