"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले बहुविवाह गर्न दिन खोज्नु महाप्रतिगमन हो, घोर आपत्ति छ : सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिन खोज्नु महाप्रतिगमन भएको बताएकि छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताइन् ।

संविधान प्रदत्त महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धि विपरीत सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताइन् । सांसद शर्माले भनिन्, ‘जनयुद्ध जनआन्दोलन र सबै खाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु । यससम्बन्धी प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’

सांसद शर्माले प्रतिगमनलाई आफूहरूले नस्विकार्ने समेत स्पष्ट पारिन्

२०८२ साउन २० गते मंगलवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु