"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

७४ जिल्लामा फैलियो डेंगु, झण्डै तीन हजार जनामा सङ्क्रमण

काठमाडौँ। काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ ।

एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।

योसँगै गत पुसदेखि हालसम्म ७४ जिल्लाबाट डेंगु पुष्टि हुनेको सङ्ख्या दुई हजार ९५२ पुगेको छ । डा. दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ। गण्डकी प्रदेशमा ८७७ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६१२, कोशीमा ५१८, लुम्बिनीमा ४६५, सुदूरपश्चिममा ३५०, कर्णालीमा ७७ र मधेशमा ५३ जनामा डेङ्गु पुष्टि भएको डा. दाहालले जानकारी दिए।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।

२०८२ साउन २९ गते बिहीवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु