"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एक हप्ताभित्र व्यावसायिक योजना पेस गर्न मातहतका अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै सङ्घीय अस्पताल र स्वास्थ्य संस्थालाई एक हप्ताभित्र व्यावसायिक योजना पेस गर्न निर्देशन दिएको छ।

मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्य अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले परिपत्र गरेको हो ।

अस्पताल तथा स्वास्थ्य संस्थालाई थप जवाफदेही र नतिजामुखी बनाउने अपेक्षासहित मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाबिच कार्य सम्पादन सम्झौता गर्ने तयारी मन्त्रालयले गरेको हो ।

कार्य सम्पादन सम्झौताले हरेक संस्थाको वार्षिक कार्ययोजना र त्यसको प्रगतिको स्पष्ट मापन गर्न सहयोग पुग्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।

महालेखा परीक्षकको प्रतिवेदनले समेत पटक पटक यस्ता विषयलाई औंल्याउँदै आएको छ। यही समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यसपटक आर्थिक वर्षको सुरुवातमै सक्रियता देखाएको हो।

२०८२ साउन २९ गते बिहीवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु