अबको पाँच महिनाभित्र ‘फाइव’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ
काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइव जी (५ जी) सेवा सुचारु गर्ने बताएको छन् ।
तामाङ पत्रकार संघको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने बताए ।
काठमाडौं उपत्यका र पोखरामा पहिलो पटक फाइवजी सेवा सुरु गर्ने उनले प्रष्ट पारे । प्रविधिमा अन्य मूलुक धेरै फड्को मारेकाले नेपालमा फाइवजी सेवा सुरु गर्दा अन्य मुलुकले ६ जी सेवा सुरु गरिसक्ने उनले बताए।
२०८२ भदौ १ गते आइतवार १७:४२ बजे प्रकाशित






















