"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्रीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रमुख सचेतकहरूसँग सिंहदरबारमा बिहीबार बसेको छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका हुन् ।

यसअघि भदौ ६ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएर स्थगित भएको थियो । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

२०८२ भदौ १२ गते बिहीवार १७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु