"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बिरामीको हातबाट जुस खाएर डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । प्रा. डा. गोविन्द केसीले अनसन तोडेका छन् । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् ।

गत आइतबारदेखि अनसन बसेका डा.केसीको मंगलबार बिहान  मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए ।

‘उहाँको स्वास्थ्य अवस्था क्रमश बिग्रँदै गएको छ । मांसपेशी दुख्ने, बाउडिने लगायतका समस्या देखिएको छ,’ डा. जैसीले भने, ‘चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न मान्नुभएको छैन ।’

डा। केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् ।

२०८२ भदौ १७ गते मंगलवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु