"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आन्दोलनरत किसानका माग सुनुवाइ गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।

बैठकको आकस्मिक समयमा सांसदले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध सडक शीघ्र सञ्चालन गर्नुपर्ने, नि:शुल्क स्वास्थ्यको हकको प्रत्याभूति गर्नुपर्ने, जुम्लाका स्याउको बजारीकरण गर्नुपर्नेलगायत विषय उठाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले विगत ९५ दिनदेखि आफ्नोले दल भिजिट भिसा प्रकरणलाई लिएर सदनमा छानबिनको माग गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको बताए। विरोधका आवाजलाई दमन गरेर संसदीय व्यवस्था बलियो नहुने उनले तर्क गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बजारीकरण गर्नुपर्ने र अर्गानिक आन्तरिक उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

विदेशी स्याउ बढी आयात हुँदा नेपालभित्रको उत्पादनले बजार पाउन नसकेकाले केही समय आयात रोक्न सके यहाँको उत्पादनले बजार पाउने उनको भनाइ छ ।

वर्षाका कारण अवरुद्ध जुम्ला जोड्ने सडक लामो समयदेखि खुल्न नसकेको उल्लेख गर्दै सांसद शाहीले अवरुद्ध बाटो खुलाउन पर्याप्त उपकरण परिचालन गरिनुपर्ने बताए । आफ्नो दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै आएको बताउँदै उनले उक्त विषयमा सुनुवाइ हुन नसकेको गुनासो गरे।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले बारा, पर्सा रौतहटलगायत तराईका जिल्लामा खानेपानीको चरम अभाव रहेको विषय सदनमा उठाए।

उनले यो समस्या तत्काल समाधानका लागि पहल थाल्न सदनमार्फत सरकारको ध्यानाकर्षण गरे। तराईमा सुख्खा क्षेत्र घोषणा भए पनि त्यसको कार्यान्वयन हुने नसकेको पनि सांसद तिमलसेनाले बताए। आन्दोलनरत उखु किसानका माग सम्बोधन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सेवासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेसँगै परोपकारी संस्था तथा सामुदायिकस्तरबाट सञ्चालित तीन हजारभन्दा बढी एम्बुलेन्सले सेवा दिन नपाएर थन्किएका बताए । स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने नयाँ व्यवस्थाले समस्या देखिएको उनले उल्लेख गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएको विषय सदनमा उठाए। सडक अवरुद्ध हुँदा ढोरपाटन पर्यटकीय क्षेत्रमा आवागमन असहज भएको उहाँको भनाइ छ

२०८२ भदौ १८ गते बुधवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु