जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनले दियो अनुमति
काठमाडौँ । स्वतन्त्र नेपाली युवाहरूको भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी सो प्रदर्शन आयोजना गर्न अनुमति दिइएको बताए ।
प्रचलित कानुनको अधीनमा रहेर, तोडफोड नगर्ने शर्तमा प्रदर्शन गर्न अनुमति दिएको उनले बताए ।
कार्यक्रममा युवाहरूको स्वतन्त्र सहभागिता रहने संयोजक सबल गौतम र पुरुषोत्तम यादवले जानकारी दिए । उनीहरुले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
२०८२ भदौ २२ गते आइतवार १७:४४ बजे प्रकाशित























