"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुन्धारा कारागारबाट टोपबहादुर रायमाझी सहित ३३ सय कैदी फरार

काठमाडौं । राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।

भद्र बन्दीगृहमै रहेका नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा टोपबहादुर रायमाझी पनि भागेको स्रोतले बतायो । अहिले भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् ।

त्यसैगरी महिला बन्दी गृहमा एक सय र सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।

त्यस्तै भागेका मध्ये करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

२०८२ भदौ २५ गते बुधवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु