अनधिकृत हातहतियार बुझाउन सेनाको आग्रह, नबुझाई कसैसँग फेला परे कारबाही हुने चेतावनी
काठमाडौं। जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री सेनामा वा सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाले आग्रह गरेको छ ।
बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ती हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ ।’
उक्त हातहतियार वा गोलीबारुद नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सेनाले चेतावनी दिएको छ ।
२०८२ भदौ २५ गते बुधवार १७:३५ बजे प्रकाशित






















