"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विपिन जोशीको साहस राष्ट्रकै गौरव होः प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। दुई वर्ष लामो प्रतीक्षापछि विपिनको मृत्यु पुष्टि भएको खबरले देशभर शोकको छाया छाएको छ।

बुधबार जारी विज्ञप्तिमा प्रधानमन्त्री कार्कीले लेखेकी छन्ः “बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच आएको यो खबर अत्यन्तै पीडादायक छ। सरकार र सम्पूर्ण नेपाली जनताले विपिनको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका बेला उनको मृत्युले हामी सबैको आशा र सपनालाई छिन्नभिन्न बनाएको छ।”

प्रधानमन्त्रीले विपिनलाई अभूतपूर्व साहस, बहादुरी र त्यागका प्रतीकका रूपमा स्मरण गरेकी छन् । उनको भनाइमा “बन्धक बन्नु अघि विपिनले आफ्ना साथीहरूको ज्यान बचाउन गरेको वीरता उनको जीवनकै सबैभन्दा ठूलो विरासत बनेको छ।”

सरकारले विपिनप्रतिको सम्झनालाई सम्मानपूर्वक जोगाउने र विदेशमा जोखिममा परेका विद्यार्थी र कामदारहरूको सुरक्षाप्रति विशेष ध्यान दिने प्रतिबद्धता पनि कार्कीले जाहेर गरेकी छन्।

विपिन जोशीको मृत्युले नेपाली समाजमा दुःख र गर्व दुबै भाव जागृत गरेको छ  । दुःख, किनभने उनले पुनः घर फर्कने सपना पूरा गर्न सकेनन्; र गर्व, किनभने उनले अन्तिम क्षणसम्म मानवीय मूल्य र मित्रताको रक्षा गर्न बलिदान दिए।

२०८२ असोज २९ गते बुधवार १८:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु