"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (असोज २९) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ४०० रुपैयाँले बढेको हो। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

यससँगै सुन बजार निरन्तर वृद्धि क्रममा रहँदै गएको देखिन्छ। व्यापारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवमूल्यन र मध्यपूर्वको राजनीतिक तनावका कारण सुरक्षित लगानीको साधनका रूपमा सुनको माग बढ्दा मूल्यमा प्रभाव परेको हो।

त्यस्तै, चाँदी भने आज घटेको छ। मंगलबार प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

२०८२ असोज २९ गते बुधवार १८:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु