"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्राधिकरणले भन्यो: बक्यौता नतिर्ने उद्योगको लाइन आजै काटिन्छ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपनि बक्यौता रकम नतिरेका उद्योगको लाइन आइतबार बेलुकाबाट काटिने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले प्राधिकरणले दिएको म्याद सकिएसँगै बक्यौता रकम नबुझाउने उद्योगको जुनसुकै बेला लाइन काट्ने बताए ।प्राधिकरणले बक्यौता रकम तिर्न दिएको अन्तिम म्याद आइतबार बेलुका सकिँदै छ ।

उनले अहिलेसम्म ९ उद्योग मात्रै सम्पर्कमा आएको तर अन्य उद्योगहरूले अटेर गरेकाले आज जुनसुकै बेला पनि लाइन काट्न सकिने बताए ।

प्राधिकरणको अल्टिमेटमलाई बेवास्ता गर्दै अझै ३१ वटा ठुला उद्योगले बक्यौता तिर्न गएका छैनन् । प्रमाण विना रकम बुझाउन नसक्ने भन्दै उद्योगीहरू ऊर्जा मन्त्रीलाई भेटेर समयअवघि थप गर्न माग गरिरहेका छन् ।

२०८२ कात्तिक २ गते आइतवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु