"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पार्टी एकताका लागि नेपालको पाँच सर्त: स्पष्ट आधार बिना एकता सम्भव छैन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूको एकता आजको आवश्यकता भएको बताउँदै पनि स्पष्ट वैचारिक र संगठनात्मक आधारबिना एकता सम्भव नहुने बताएका छन्।

बुधवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले समाजवादी क्रान्ति पूरा गर्न बलियो क्रान्तिकारी शक्तिको निर्माण आवश्यक रहेको उल्लेख गरे। “समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्छ,” उनले प्रतिवेदनमा भने, “त्यो शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाट हुनसक्छ।”

तर, अध्यक्ष नेपालले पार्टी एकता ‘सैद्धान्तिक समानता र ठोस आधार’मा आधारित हुनुपर्ने स्पष्ट पारे। उनका अनुसार पार्टी एकताको लागि पाँच मुख्य सर्त पूरा हुनुपर्छ —
१. पार्टीको नाममा सहमति,
२. मार्गदर्शक सिद्धान्तमा एकरूपता,
३. रणनीतिक लक्ष्यमा स्पष्टता,
४. क्रान्तिकारी कार्यक्रममा साझा दृष्टिकोण, र
५. कार्यदिशा तथा कार्यनीतिमा समानता।

नेपालले यी विषयमा सहमति नभएसम्म कुनै पनि कम्युनिस्ट दलसँग एकता सम्भव नभएको बताए। उनका अनुसार, “यी सबै महत्त्वपूर्ण सवालमा समानता नभई कसैसँग पनि पार्टी एकता हुन सक्दैन। समानता भएमा एकता गर्न ढिला गर्नु पनि हुँदैन।”

२०८२ कात्तिक १२ गते बुधवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु