राष्ट्रिय सभामा रिक्त सदस्य निर्वाचन माघ ११ गते हुँदै
काठमाडौं । सरकारले राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते आइतबार गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले बुधबार मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको जानकारी दिए।
२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले बाँकी १८ पदका लागि निर्वाचन हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनु भन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। ती सदस्यहरूको कार्यकाल २० फागुनमा सकिँदैछ।
२०८२ कात्तिक १२ गते बुधवार १७:२६ बजे प्रकाशित






















