"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बारम्बार सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू हुनुपर्छ: बामदेव गौतम

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले नेपालमा अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताएका छन्।

बुधबार नवगठित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्दै गौतमले बारम्बार सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न यस्तो प्रणाली आवश्यक रहेको बताए।

उनले भने, “यो सधैँ महिना–महिनामा सरकार परिवर्तन हुने प्रणाली अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ, यदि यस्तो प्रणाली अघि बढाउन सकियो भने कम्युनिस्ट आन्दोलन अझ सबल र प्रभावकारी बन्छ। तपाईंहरू सबैमा विनम्र अनुरोध छ — यो प्रस्ताव पास गरिदिनुस्” उनले भने ।

२०८२ कात्तिक १९ गते बुधवार १७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु