बालेनका पिता रामनारायण शाहको निधन, पशुपति आर्यघाटमा अन्तिम संस्कार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनलाई उपचारका क्रममा आज मध्यान्ह निधन भएको थियो। उनी लामो समयदेखि मधुमेहका बिरामी रहेका थिए भने पछिल्लो समयमा पिसाब संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।
बालेनलाई पितृशोक परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, समर्थकहरू तथा सर्वसाधारण अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि आर्यघाटमा उपस्थित भएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
२०८२ मंसिर १५ गते सोमवार १७:२१ बजे प्रकाशित























