"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

फागुन २१ को चुनावमा बाधा नपुर्याउन ओलीलाई घनश्यामको आग्रह

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ गते हुने चुनावमा कसैले पनि अवरोध नपार्नुपर्ने बताएका छन्। सोमबार पार्टी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकको राजनीतिक निकास केवल चुनावबाट सम्भव भएको भन्दै यस्तो धारणा व्यक्त गरे।

उनले भने, “चुनावबारे कसैले यताउता र बाधा अवरोध नगरुन्, एमालेले पनि नगरोस्। कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ। अब कमरेड ओली, तपाईंले पनि चुनाव बिथोल्नेतिर नलाग्नुस्।”

भुसालले कांग्रेसलाई पनि चुनावबारे कुनै द्विविधा नदेखाउन आग्रह गर्दै तत्कालीन माओवादी र हालको नेपाली कम्युनिस्ट पार्टीले पूर्व हेरेर पश्चिमको योजना नबनाउन चेतावनी दिएका छन्। उनले माओवादी नेता प्रचण्डले बोलेका कुरामा विश्वास नगर्ने बताए र नागरिकले निर्भयपूर्वक भोट हाल्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

२०८२ मंसिर १५ गते सोमवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु