"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले सो निर्माण कार्यको बिहीबार शिलान्यास गरे।

एमाले नेता तथा कार्यकर्ताद्वारा उक्त निवासलाई ओली कुटीको नाम दिइएको छ । गत भदौको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरेर ध्वस्त बनाएका थिए । त्यसपछि अध्यक्ष ओली बस्दै आएको गुण्डु परिसरमा सो निजी निवास बनाउन लागिएको हो । नेता बस्नेतका अनुसार सो निवास गुण्डुवासीको सहयोगमा निर्माण गर्न लागिएको हो ।

२०८२ मंसिर १८ गते बिहीवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु