"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ओली लगातार तेस्रो पटक नेकपा एमाले अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्।

ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि उनी अध्यक्ष पदमा निर्वाचित भइसकेका छन्।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन्। मतगणनाको औपचारिक घोषणा भने अझै बाँकी छ।

२०८२ पुस ३ गते बिहीवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु