"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बालेनलाई प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठुलो लगानी छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी तथा विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रममा दाहालले स्टन्टको भरमा लोकप्रिय हुने व्यक्तिहरूलाई प्रवर्द्धन गर्नु मुलुकका लागि हितकर नभएको बताए। उनले भने, ‘अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठुलो लगानी गरेको हामीले देखिरहेका छौँ।’

उनले भ्रष्टाचार र सामाजिक न्यायका मुद्दा प्रचारमुखी शैलीमा अघि बढाइने भएको बताए।

दाहालले कम्युनिस्ट र वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै अन्य शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।

२०८२ माघ १३ गते मंगलवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु