निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग भएको छलफलमा उनले सरकार भयरहित निर्वाचन वातावरण बनाउने प्रतिबद्ध रहेको जानकारी गराएका हुन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा सुदृढ पार्न र भयमुक्त वातावरण निर्माण गर्न उच्च प्राथमिकता दिएर काम भइरहेको बताए। मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सबैको सुरक्षा सुनिश्चित गरिएको पनि उनले स्पष्ट पार्दै, स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई आपराधिक तथा निर्वाचनविरोधी गतिविधि प्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिइएको जानकारी दिएका छन्।
२०८२ माघ १५ गते बिहीवार १७:२८ बजे प्रकाशित





















