"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अबदेखि बिमितले २५ हजारसम्मको ओपीडी सेवा पाउने

काठमाडौँ। अबदेखि स्वास्थ्य बीमा गरेका बिमितले २५ हजारको मात्र बहिंरग (ओपीडी) सेवा लिन पाउने भएका छन् ।

स्वास्थ्य बीमा बोर्डको बोर्डका सूचना अधिकृत विकेश मल्लले बोर्ड बैठकले अब देखि बिमितले २५ हजार सम्मको मात्र ओपीडी सेवा लिन सक्ने गरि नियम बनाएको जानकारी दिए।

मल्लका अनुसार यो नियम फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । हालसम्म बिमितले चाहे जति रकम ओपीडीमा खर्च गर्न सक्ने व्यवस्था थियो । तर, फागुन १ गतेबाट ओपीडी सेवामा २५ हजारभन्दा बढी खर्च भएमा बिरामीले आफूले शुल्क तिरेर थप उपचार लिनुपर्ने  छ ।

उनी भन्न्छन्, “बोर्ड बिमितले २५ हजारको मात्र आपीडी सेवा लिन सक्ने निर्णय गरेको छ । यसको मतदभ बिमितले बाँकी रहेको अरु सेवा लिन मिल्दैन भन्ने होइन । बाँकी रकम अस्पतालमा भर्ना गर्नु परेमा, आइसियुमा बस्नु पर्दा खर्च गर्ने प्रावधान बाँकी नै छ।”

बढ्दो वित्तीय भार नियन्त्रण गर्न बोर्डले यस्तो निर्णय गरेको उनले जानकारी दिए । बोर्डका अनुसार बिमितको सबै भन्दा बढी ७१ प्रतिशत बिमा रकम ओपीडीमा खर्च हुने गरेको छ। बाँकी रकम भर्ना तथा आकस्मिक उपचारमा खर्च हुने गर्छ ।

ओपीडीमा सीमितता लागू भएपछि अब बीमाको दूरुपयोग कम हुने मल्लकको दाबी छ ।यसअघि बोर्डले बिरामीलाई अनावश्यक ९रिफर० नगर्न बीमा कार्यक्रममा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।

बिमा कार्यक्रममा वार्षिक रूपमा झन्डै २४ अर्बभन्दा बढी खर्च हुने गरेको छ । तर, सरकारले चालू आर्थिक वर्षमा बोर्डलाई वार्षिक रूपमा १० अर्ब अनुदान दिएको थियो । बोर्डले प्रत्येक महिनामा सेवाप्रदायक संस्थालाई दुई अर्बभन्दा बढी भुक्तानी गर्नुपर्ने हुन्छ ।बोर्डको तथ्याङ्कअनुसार बिमितको प्रिमियमबाट करिब चार अर्ब उठेको छ । यसरी हेर्दा बोर्डको आम्दानी स्रोत १४ अर्ब हुने देखिन्छ । तर खर्च भने २४ अर्बभन्दा बढी हुन्छ । आम्दानी र खर्चबीचको ठूलो खाडल बन्दै गएपछि बीमा कार्यक्रम सञ्चालन गर्न चुनौती थपिएको छ ।

बोर्डले लामो समयसम्मको भुक्तानी दिन नसकेपछि ठूला सेवा प्रदायक संस्थाले बीमा कार्यक्रम नै बन्द गरेका छन् भने केहीले समयसीमा तोकेर बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन् ।

अहिले स्वास्थ्य बीमामा आबद्ध हुन तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिरेमा पाँच जना सम्मको सदस्यले वार्षिक एक लाख रुपियाँसम्मको उपचार सेवा लिन पाउने व्यवस्था छ ।सरकारले २०७२ सालमा सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

२०८२ माघ १९ गते सोमवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु