वीर अस्पतालले गर्यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती, औषधि एक महिनासम्म मात्र उपलब्ध
jL/ c:ktfndf la/fdL
jL/ c:ktfndf pkrf/sf nflu cfOtaf/ l6s6 lng nfda4 la/fdL . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध हुने सेवामा कटौती गरेको छ। दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराउने व्यवस्था एक महिनामा सीमित गरिएको छ। यो व्यवस्था १ फागुनदेखि लागू हुने अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा। दिलीप शर्माका अनुसार बीमा बोर्डले लामो समयदेखि भुक्तानी नगरेका कारण सेवा कटौती गर्नुपर्ने बाध्यता आएको हो। अस्पतालले बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले जानकारी दिए।
डा। शर्माले भने, “वीर गरिबको अस्पताल भएकाले सेवा पूर्ण रूपमा बन्द गर्न सकिँदैन, आर्थिक दायित्व कम गर्न सेवामा थोरै कटौती गरेका हौं। अहिले औषधि खरिद र उपकरण निर्माणमा समस्या छ। सरकारबाट भुक्तानी नआए सेवा धान्नै मुस्किल भइरहेको छ।”
स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा रहेको छ। लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले समयसीमा तोकेर बीमा सेवा बन्द गर्न थालेका छन्। बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्म ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ।
यसबाट बिमित नागरिकले सेवा वञ्चित हुने जोखिम बढेको छ र स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने सम्भावना देखिएको छ।

२०८२ फागुन १ गते शुक्रवार १७:०९ बजे प्रकाशित




















