"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द गरिने भएको छ।

निर्वाचन सुरक्षा निर्देशिकाअनुसार निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द गर्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार सीमा नाका बन्द गर्न सिफारिस गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

निर्णयअनुसार आइतबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्म सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहनेछन्।

आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न विभिन्न सुरक्षा उपाय अवलम्बन गरिने आयोगले जनाएको छ।

२०८२ फागुन १७ गते आइतवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु