चुनावी प्रचारमा उत्तेजना र घोचपेचको भाषा प्रयोग नगर्न नेता–कार्यकर्तालाई गगन थापाको आग्रह
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा ले देशलाई घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन्। आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा उनले भने, मुलुक चलाउन सबैलाई मिलाउने, “सफ्ट भाषा” बोल्ने नेतृत्वकर्ताले मात्रै सक्ने बताए।
सभापति थापाले औँल्याए कि संसारभरि कोलाहल र हल्ला मच्चाउने व्यक्तिहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् र प्राय: घृणाको भाषा बोल्छन्। तर, यस्तो भाषाले मुलुक चल्दैनस मिलाउन आवश्यक छ।
उनले पार्टीका नेताहरू र कार्यकर्तालाई आग्रह गरे कि निर्वाचन प्रचार–प्रसारका क्रममा उत्तेजना र घोचपेचको भाषा प्रयोग नगर्न। थापाले प्रचार–प्रसारको उद्देश्य आफ्ना एजेन्डा, सिद्धान्त र योजनाहरू प्रस्तुत गर्नसमेत आग्रह गरे
उनले राजनीति र चुनावी प्रचारमा घृणा र उत्तेजना होइन, सहमति र योजना प्रस्तुत गर्नु जरुरी रहेको समेत समेत बताए ।
२०८२ फागुन १७ गते आइतवार १७:३० बजे प्रकाशित





















