"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कार्की सरकारले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठन भएको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ। यसका लागि प्रधानमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन्।

सरकारका एक मन्त्रीका अनुसार संघीय संसद्को अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाकिएको हो। सामान्यत: नयाँ सरकारले अधिवेशन आह्वान गर्ने प्रचलन भए पनि, समयसीमा र राजनीतिक दलहरूको अडानका कारण अन्तरिम सरकारले नै यो जिम्मेवारी लिनुपर्ने अवस्था आएको उनले बताए।

उनका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि तय गरिएको छ भने चैत १६ गते संघीय संसद्को पहिलो अधिवेशन आह्वान गर्ने तयारी गरिएको छ। अधिवेशन आह्वान गर्दा कम्तीमा ७ दिनको समय दिनुपर्ने संवैधानिक व्यवस्था भएकाले पनि अन्तरिम सरकारले नै अग्रसर हुनुपरेको हो।

यसअघि संसद्को अधिवेशन अन्तरिम सरकारले बोलाउने कि नयाँ सरकारले भन्ने विषयमा अन्योल रहेको थियो। तर अहिले अनौपचारिक रूपमा चैत १६ गते अधिवेशन आह्वान हुने संकेत दिँदै संघीय संसद् सचिवालयलाई तयारी गर्न भनिएको एक पदाधिकारीले जानकारी दिएका छन्।

२०८२ चैत ६ गते शुक्रवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु