"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा दुई उडान थप्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ।

निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–काठमाडौं उडान २६ मार्चमा हुनेछ। यसैगरी अर्को काठमाडौं–दुबई उडान २७ मार्चमा राखिएको छ र उक्त जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ।

निगमले जानकारी दिएअनुसार सबै उडानहरू काठमाडौं बाट स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा प्रस्थान गर्नेछन्।

निगमका अनुसार २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिई यात्रा गर्न नसकेका यात्रुलाई प्राथमिकता दिइनेछ। साथै, २५ र २७ मार्चका उडानमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुन: टिकट प्रमाणीकरण गरेपछि मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ।

जहाजको सिट उपलब्धताका आधारमा पहिले सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिइने निगमले जनाएको छ।

२०८२ चैत ९ गते सोमवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु