ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण
काठमाडौँ । अर्जुननरसिंह केसी ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा पद सम्हालेका हुन्।
आज बिहान शीतल निवास मा आयोजित कार्यक्रममा रामचन्द्र पौडेल ले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा जेष्ठ सदस्य हुन्।
२०८२ चैत ११ गते बुधवार १७:३१ बजे प्रकाशित






















