बालेन शाहले चैत १३ गते १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्।
शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय गरिएको छ। शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिने व्यवस्था गरिएको छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, १०८ जना बटुकले स्वस्तिवाचन गर्नेछन् भने १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्रीको शपथपछि बालेन शाह दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्नेछन्।
फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको थियो। अब रास्वपा एकल सरकार गठन गर्दैछ।
२०८२ चैत ११ गते बुधवार १७:३९ बजे प्रकाशित






















