"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मेयर सिंहसँगै रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्सा का तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विरुद्ध मुद्दा दायर गरेको हो।

यस्तै, घटनाको छानबिनका लागि गठित समितिका संयोजक तथा तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल लाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार आरोपितहरूले नागरिकता प्राप्तिका लागि आवश्यक कानुनी प्रक्रिया र प्रमाणहरूको बेवास्ता गर्दै झुटा विवरण तथा कागजातका आधारमा नागरिकता प्रमाणपत्र जारी गराउन भूमिका खेलेको आरोप छ।

मेयर राजेशमान सिंह गत साता यसै प्रकरणमा पक्राउ परेका थिए। पछि उनी धरौटीमा रिहा भएका थिए। भ्रष्टाचारको आरोपमा मुद्दा खेप्ने उनी वीरगञ्ज महानगरपालिका का पहिलो निर्वाचित मेयर बनेका छन्।

अब उक्त मुद्दामाथि विशेष अदालत मा सुनुवाइ हुने छ, जहाँ प्रस्तुत प्रमाण र दाबीका आधारमा आरोपितहरूको कानुनी जिम्मेवारी निर्धारण गरिनेछ।

२०८३ जेठ २५ गते सोमवार १७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु