मधेस प्रदेशका कर्मचारीको तलब १० प्रतिशतले बढ्ने
काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशतले बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारले उक्त निर्णय सार्वजनिक गरेको हो।
अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै हाल पाइरहेको महँगी भत्ता यथावत् राख्दै सुरु स्केलका आधारमा तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिएका छन्।
उनका अनुसार प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूले हाल प्राप्त गर्दै आएको महँगी भत्ता निरन्तर रहनेछ भने आधारभूत तलबमा भने १० प्रतिशत वृद्धि लागू हुनेछ।
२०८३ असार १ गते सोमवार १७:०९ बजे प्रकाशित






















