"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्।

रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ सहभागिता शुल्क निर्धारण गरेको छ। महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएकी हुन्।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार हालसम्म ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्।

यसअनुसार प्रतिनिधिहरूबाट मात्रै कुल १ करोड ९९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।

उक्त विवरण निर्वाचन आयोगलाई बुझाइसकिएको र हाल रुजु गर्ने प्रक्रिया जारी रहेको जानकारी पनि बैठकमा दिइएको छ।

रास्वपाको प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि, नेता–कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ।

२०८३ असार ६ गते शनिवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु