"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मृतकका परिवारलाई भेट्न सुनसरी जादै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्।

गृहमन्त्री गुरुङले साउन १० गते भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा उपचारका क्रममा बिहीबार निधन भएका जयप्रकाश मेहताका परिवारसँग भेट गरी घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जानेछिन्। सुनसरी स्वास्थ्यमन्त्री मेहताको गृहजिल्ला हो।

यसअघि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच तराईका विभिन्न जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको थियो। सोही छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जतर्फ प्रस्थान गर्न लागेका हुन्।

सरकारले घटनास्थलको वस्तुस्थिति बुझ्नुका साथै पीडित परिवारसँग भेटघाट, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय तथा पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्ने उद्देश्यले उच्चस्तरीय भ्रमण अघि बढाएको जनाएको छ।

२०८३ साउन १४ गते बिहीवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु