"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चीनतर्फ बनेको ताल अझै नखुलेपछि भोटेकोसी र त्रिशूलीमा बाढीको जोखिम कायमै

काठमाडौं । चीनतर्फ हिमपहिरोपछि नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।

चीनतर्फबाट प्राप्त पछिल्लो सूचनालाई उद्धृत गर्दै नेपाल बाढी सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेको जनाएको हो।

बुधबार दिउँसो १ः३५ बजे जारी गरिएको सूचनामार्फत अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको आसपास नजान तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

नदी थुनिएको स्थानमा पानीको बहावमा कुनै पनि बेला परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम कायम रहेको प्राधिकरणले जनाएको छ। नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

चीनतर्फ हिमपहिरोपछि नदी थुनिएर आएको बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण मानवीय तथा भौतिक क्षति भएको र प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ।

ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।

२०८३ भदौ १० गते बुधवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु