"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दुवै जनाले जग्गा हालसाबिक तथा प्लट मिलानको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए। नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिएको र घुस लिन मन्जुर गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

२०८३ भदौ २२ गते सोमवार १४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु