"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री शाहको विदेश भ्रमणमा विमानस्थलमा तामझाम नहुने

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ तथा स्वागत समारोह नहुने भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क जान लाग्नुभएका प्रधानमन्त्री शाहलाई बिदाइ गर्न विशिष्ट पदाधिकारी विमानस्थल पुग्ने व्यवस्था हटाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाह बालुवाटारबाट सिधै विमानस्थल पुगेर विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ। उहाँ १४ सदस्यीय प्रतिनिधिमण्डलसहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जान लाग्नुभएको हो।

२०८३ असोज ६ गते मंगलवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु