"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

२४ घण्टामा ४९ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिए

काठमाडौँ, असोज २२ गते । पछिल्लो २४ घण्टामा ४९ हजार २६४ यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २१ गते सात हजार ६३१ सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । असोज २० गते ४९ हजार ४७६ यात्रु तथा सात हजार ७५८ सवारीसाधन बाहिरिएका थिए ।

चाडपर्व नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रु र सवारीको चाप बढ्दै गएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । यात्रुको चापअनुसार ट्राफिक व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो ।

२०८३ असोज २२ गते बिहीवार १९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु