"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाण्डौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मङ्गलबार बिहान फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा भारतको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ ।

घाइते हुनेमा न्युजिल्यान्डका सेलिशकुमार पटेल तथा दुवै हेलिकप्टरका पाइलट रहेका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने एक जनाको लुक्लामै उपचार भइरहेको छ ।

२०८३ कात्तिक १७ गते मंगलवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु