आज रातीदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू हुने
Kathmandu Nepal August 26, 2018 View of Nepali traffic police working in the middle of the street at Thamel district in Kathmandu in the afternoon
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ गर्ने भएको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।
स्मार्ट लकडाउनको आदेश आज मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।
यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।
२०७८ पुस २७ गते मंगलवार २१:२१ बजे प्रकाशित























