"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले डेङ्गुको नि:शुल्क पिसिआर परीक्षण सुरु गर्याे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको नि:शुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नि:शुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो ।

यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि नि:शुल्क परीक्षण गरिएको छ । प्रयोगशालाका प्रवक्ता राजेश गुप्ता विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि नि:शुल्क पिसिआर परीक्षण गर्ने गरेको बताउनुभयो ।

तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।

दिउँसो सुत्दा पनि झूल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामाखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्न आग्रह गरिएकोे छ ।

२०७८ फागुन २५ गते बुधवार २०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु