"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती, अब वर्षभरिमा ३० दिन बिदा हुने

शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती, अब वर्षभरिमा ३० दिन बिदा हुने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।

सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

त्सैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो ।

२०७९ वैशाख २८ गते बुधवार १९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु