"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मेघ गर्जन र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौ । बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङ, हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक। देखि सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन / चट्याङ, हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ जेठ ४ गते बुधवार ०७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु